रिश्मा र बुद्धिको लभस्टोरी फिल्म ‘क्रसरोड’ सुटिङ सुरु, नेपाल र भारतमा छायांकन हुँदै – Nepal Press

रिश्मा र बुद्धिको लभस्टोरी फिल्म ‘क्रसरोड’ सुटिङ सुरु, नेपाल र भारतमा छायांकन हुँदै

काठमाडौं । लभस्टोरी ड्रामा ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । अर्विन्दराज गुरुङ निर्देशक हुन् ।

नेपालसहित भारतका दार्जिलिङ, सिक्किम र कोलकत्तामा छायांकन हुनेछ । फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ ।

अर्विन्दराज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेले निर्माणमा सहकार्य गरेका छन् । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी रहेकी यान्की योल्मोले पनि अभिनय गर्दैछिन् ।

‘कबड्डी’ फेम्ड अभिनेत्री रिश्मा गुरुङले कथा मनपरेकाले फिल्म खेलेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर