साविक विजेता मनाङलाई हराउँदै संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा – Nepal Press

साविक विजेता मनाङलाई हराउँदै संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । फोफानाको निर्णायक गोलप्रेरित संकटा क्लब साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १-० को नतिजामा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलको ४४औं मिनेटमा फोफानाले गरेको एक मात्र गोल संकटालाई सेमिफाइनलमा पुर्‍याउन सफल भयो ।

प्रतिस्पर्धात्मक खेलमा गोलका लागि पर्याप्त अवसरको सिर्जना गरेको मनाङले फिनिसिङमा चुक्दा प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिनु पर्‍यो ।

जितसँगै अन्तिम चारमा स्थान बनाएको संकटाले फाइनल प्रवेशका लागि पहिलो खेलको विजेता नेपाल एपीएफ क्लबसँग बुधबार खेल्ने छ । एपीएफ शनिबार भएको उद्‍घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

कूल ८ टोली सहभागी भएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् । भोलि हुने प्रतियोगिताको अन्तिम सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर