दार्चुलामा नेपाली भूमि मिचिएकोबारे नेपाल र भारतले संयुक्त अध्ययन गर्ने – Nepal Press

दार्चुलामा नेपाली भूमि मिचिएकोबारे नेपाल र भारतले संयुक्त अध्ययन गर्ने

काठमाडौं । दार्चुलास्थित महाकाली नदीको नेपाल–भारत सीमामा भारतले ‘चेकवाल’ बनाएर नेपाली भूमी अतिक्रमण गरेको बारे संयुक्त अध्ययन हुने भएको छ ।

नेपाली भूमि मिचिएकोबारे प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चैत ३० गते वार्ता हुन लागेको जानाकरी दिए।

‘विभिन्न पत्राचारपछि यही १२ अप्रिल आजको ठीक एक सातापछि नेपाल र भारतका नापी टोलीहरुले ती स्थलमा पुगेर स्थलगत अध्यन गर्ने र त्यहाँ त्यो पर्खाल ठीक ढंगले बनेको छ कि छैन्, अन्तर्राष्ट्रिय सीमाको सहि ढंगले सम्मान गरिएको छ कि छैन् भन्ने बारेमा यसले तथ्य प्रमाण अगाडि सार्ने छ,’ उनले भने।

दार्चुलास्थित महाकाली नदीको नेपाल–भारत सीमामा भारतले सुरक्षावाल अर्थात ‘चेकवाल’को निर्माण गरेर नेपाली भूमि मिचेको भन्दै दार्चुलाका सांसदले संसदमा केही दिनअघि सरकारको ध्यानाकर्षण गराएका थिए।

त्यसबारे जावफ दिँदै मन्त्री ज्ञवालीले पुस २२ गते नापी अधिकृतको नेतृत्वमा एउटा टोलीले स्थलगत अध्ययन गरेको र उक्त अध्ययनपछि भारतसँग गम्भीर कुरा गरेको उनले जानकारी दिए।

‘यहाँ कुरा उठिसकेपछि र विभिन्न सार्वजनिक संचार माध्यममा यी विषय आइसकेपछि पुस २२ गते नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधिसमेत सहभागी भएर स्थलगत अध्यन गरेको थियो,’ उनले भने, ‘त्यो अध्यनबाट भारतीय पक्षबाट निर्माण भइरहेको सुरक्षा वालको सम्बन्धमा ‘एक्युरेट’ तरिकाले दुवै पक्षबाट नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने भन्ने सुझाव दिए अनुरुप हामीले भारतसँग यस विषयमा गम्भीरतापूर्वक कुरा गर्‍यौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर