बारपाकको राङरुङ भीरबाट जीप खस्दा २ जनाको मृत्यु, ७ घाइते – Nepal Press

बारपाकको राङरुङ भीरबाट जीप खस्दा २ जनाको मृत्यु, ७ घाइते

रासस । गोरखाको बारपाक–सुलीकोट गाउँपालिका–२ स्थित राङरुङ भीरमा जीप दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ ।

आन्तरिक पर्यटक लिएर बारपाकबाट फर्कँदै गरेको ना ५ च ३२९८ नम्बरको जीप शनिबार साँझ करिब सात बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ ।

गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । उहाँहरु दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको छ।

दुर्घटनामा सामान्य घाइते भएका लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नरालको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख हुन्। जीप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा र बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *