यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई सहुलियत – Nepal Press

यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई सहुलियत

अब यती एअरलाइन्सको बोर्डिङ पासमा पाँच सय रुपैयाँको भौचर

काठमाडौँ । हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने भएको छ । यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई ई–कमर्स ग्यापुसँगकाे सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एअरलाइन्सले जनाएकाे छ ।

जुनसुकै मुल्यको टिकट खरीद गरी यती एअरलाइन्स मार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले  पाँच सय  मुल्य बराबरको छुट सुविधा प्राप्त गर्ने  यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइन मार्फत् सामान खरिद गर्दा  दुइ सय रुपैयाँको सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा  तीन सय रुपैयाँको ट्राभल भौचर गरी जम्मा  पाँच सय रुपैयाँ बराबरको सहुलियत दिइने छ ।

यती एअरलाईन्सले साझेदारी संस्थासँग सहकार्य गर्दै थप आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको  र भविष्यमा पनि आफ्ना यात्रुलाई प्रत्यक्ष लाभ हुने यस्तै किसिमका कार्यक्रम ल्याउने योजना रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर