माओवादी केन्द्रको प्रतिक्रिया- अदालतले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ – Nepal Press

माओवादी केन्द्रको प्रतिक्रिया- अदालतले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ

काठमाडौं । नेकपा (माओवादी) केन्द्रले एमाले-माओवादी ब्युँताउने फैसलामाथि गरेको पुनरावलोकन स्वीकार नगर्ने सर्वोच्च अदालतको निर्णयप्रति असहमति जनाएको छ ।

सर्वोच्चको फैसलाप्रति प्रतिक्रिया जनाउँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालतले देशको राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको समेत आरोप लाएका छन् ।

‘सर्वोच्च अदालतले २०७७/११/२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो,’ श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ, जागौं ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सर्वोच्च गएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले आज त्यसमा निर्णय सुनाउँदै पुनरावलोकन नगर्ने आदेश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर