कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउने प्रदेश मन्त्री राईको उद्घोष – Nepal Press

कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउने प्रदेश मन्त्री राईको उद्घोष

विराटनगर। प्रदेश एककी नवनियुक्त सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन आवश्य तयारीमा जुटेको बताएकी छिन्। लामो समयदेखि कोदोको रक्सीलाई ब्राण्ड बनाउन पर्ने बहस चलाउदै आएकी मन्त्री राईले बुधबार पत्रकार सम्मेलन गरी कोदोको रक्सीलाई ब्राण्ड बनाउन तयारीमा आफू जुटेको बताइन् ।

सामाजिक विकास मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले भनिन्‘ कोदोको रक्सीलाई अब ब्राण्ड दिएर बेचविखन गर्नुपर्छ । त्यसका लागि कानून र व्यवहारिक पक्षको बारेमा अध्ययन शुरू गरिसकेको छु।’ स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर कानूनी रूपमा मान्यता दिनुपर्ने मन्त्री राइको भनाइ छ।

‘कानून भनेको जनताको हात बाध्ने हुनुहदैन,’ उनको भनाइ छ, ‘कोदोको रक्सीलाई ब्राण्ड बनाउने कुरा मुख्यमन्त्री मात्र होइन, प्रधानमन्त्रीलाई पनि भनेको छु। उहाँहरू सकारात्मक हुनुहुन्छ।’ स्वदेशमा रोजगारी सिर्जना नहुदा हजारकौ संख्यामा युवा विदेश पलायन भएको भन्दै मन्त्री राइले भनिन्, ‘स्वदेशी उत्पादनलाई प्रवद्धन गर्दै रोजगारको बातवरण सिर्जना गरिनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर