एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड सर्वोच्चमा – Nepal Press

एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड सर्वोच्चमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाम फर्काइदिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल न्यायिक पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन् ।

कानुन व्यवसायी र नेकपा एमालेका नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसहितको छलफलपछि प्रचण्ड पुनरावलोकनमा गएका हुन् । नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरालगायतका नेताहरू सर्वोच्चमा पुगेका छन् ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोग र साविक नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

अदालतले फागुन २३ गते नेकपा कट्टेलको हुने ठहर गर्दै ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा आ-आफ्नै पार्टी एमाले र माओवादीमा फर्किन भनेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर