रेशम चौधरी प्रकरणः गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली गठन (भिडियो) – Nepal Press

रेशम चौधरी प्रकरणः गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली गठन (भिडियो)

काठमाडौं । सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेका छन् ।

रेशम चौधरीको रिहाइलगायतका विषयमा समेत वार्ता हुने बताइएको छ ।

सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर