व्यापारी टपिन्द्र तिम्सिनाको घरमा प्रचण्ड-माधव फेरि छलफलमा – Nepal Press

व्यापारी टपिन्द्र तिम्सिनाको घरमा प्रचण्ड-माधव फेरि छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल फेरि पनि छलफलमा जुटेका छन् ।

नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला उनीहरूबीच लगातारजसो भइरहेको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ।

स्रोतका अनुसार कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा उनीहरुबीच आधा घण्टाअघिदेखि छलफल शुरू भएको छ । यसअघि चैत १३ मा पनि प्रचण्ड-माधव त्यही घरमा छलफलमा बसेका थिए। उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो।

१२ चैतमा पनि उनीहरू कोटेश्वरस्थित अर्का व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफलमा बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर