व्यापारी टपिन्द्र तिम्सिनाको घरमा प्रचण्ड-माधवको बैठक (भिडियो) – Nepal Press

व्यापारी टपिन्द्र तिम्सिनाको घरमा प्रचण्ड-माधवको बैठक (भिडियो)

काठमाडौं । नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधवकुमार नेपालसँग लगातार दोस्रो दिन पनि छलफल गरेका छन् ।

कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिमल्सिनाको घरमा बिहान साढे ८ बजेदेखि दुई घण्टाभन्दा बढी प्रचण्ड र माधव नेपालबीच छलफल भएको स्रोतले जनाएको छ । प्रचण्ड र नेपालबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।

हिजो कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठसहितको बैठक बसेको थियो । सो बैठकपछि माधव नेपालले केपी ओलीमाथि १३ बुँदे प्रश्नसहितको स्पष्टीकरण पठाएका थिए ।

प्रचण्डसँगको बैठकपछि माधव नेपाल आफू पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा भाग लिन कलंकी जान लागेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर