स्वास्थ्य मन्त्रालयद्वारा १५ सय २० स्वास्थ्यकर्मीको समायोजन मिलान (सूचीसहित) – Nepal Press

स्वास्थ्य मन्त्रालयद्वारा १५ सय २० स्वास्थ्यकर्मीको समायोजन मिलान (सूचीसहित)

काठमाडौं । स्वास्थ्य मन्त्रालयले १ हजार ५ सय २० स्वास्थ्यकर्मीहरूको समायोजन मिलान गरेको छ ।

कर्मचारी समायोजनका क्रममा चित्त नबुझेका, फाजिलमा परेकाहरूलाई समायोजन मिलानका लागि मन्त्रालयले अनलाइनबाट आवेदन मागेको थियो ।

स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम निवेदन मागिएकोमा प्रक्रिया पुगेकाहरूको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ । करिब २ हजार ५ सयजनाले आवेदन दिएका छन् ।

समायोजन मिलान गरेका कर्मचारीले समायोजन मिलानसम्बन्धी पत्र यहाँ क्लिक गरेर आफैं डाउनलोड गर्न सकिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *