नागरिक हत्या रोक्न म्यानमार सेनालाई नेपाली नागरिक समाजको अपिल – Nepal Press

नागरिक हत्या रोक्न म्यानमार सेनालाई नेपाली नागरिक समाजको अपिल

काठमाडौं । नेपालस्थित नागरिक समाजले म्यानमारका नागरिकमाथि भैरहेको हत्या रोक्न आग्रह गरेको छ । उसले नेपाल सरकारलाई म्यानमार सेनाको कार्यविरुद्ध उभिन पनि अपिल गरेको छ ।

नागरिक समाजका तर्फबाट १२ जना विभिन्न क्षेत्रका व्यक्तिहरुले विज्ञप्ती जारी गर्दै नेपालले म्यानमार जनताको पक्षमा उभिनुपर्ने कुरामा जोड दिएका हुन् । उनीहरुले नागरिक हत्या मानवताविरुद्धको अपराध भएकाले अन्तराष्ट्रिय अपराधको मुद्दा चलाउन पनि आग्रह गरेका छन् ।

म्यानमार सेनाले तत्काल शासन सत्ता जननिर्वाचित नेतृत्वमा सुम्पनुपर्ने र सन् २००८ को संविधानको आधारभूत मूल्य मान्यतालाई पालना गर्नुपर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती जारी गर्नेहरुमा बिपिन अधिकारी, रेणु अधिकारी, रेम विश्वकर्मा, डम्बर चेम्जोङ, राजेन्द्र दाहाल, कूलचन्द्र गौतम, जयप्रकाश गुप्ता, अर्जुन कार्की, रामेश्वर खनाल, महेश मास्के, सुशिल प्याकुरेल र कनकमणी दीक्षित छन् ।

चैत ५ गते नेपाल प्रेससँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले म्यानमार हिंसाको निन्दा गर्दै पक्राउ गरिएका जननिर्वाचित नेताहरुलाई रिहाइ गर्न माग गरेका थिए । नेपालले म्यानमारमा शान्ति चाहेको र समस्यालाई शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्ने समेत प्रधानमन्त्रीले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर