होली खेल्दा एक सय ३६ जना पक्राउ, दुई हजारभन्दा बढी सवारी कारवाहीमा – Nepal Press

होली खेल्दा एक सय ३६ जना पक्राउ, दुई हजारभन्दा बढी सवारी कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा होली मनाउने क्रममा उछृङखल मच्चाएका भन्दै प्रहरीले एक सय ३६ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा एक सय १०, ललितपुर र भक्तपुरमा १३-१३ जना पक्राउ परेका छन् ।

होली मनाउने नाममा होहल्ला गर्ने, जवरजस्ती रंग र अविर दल्ने, झगडा गर्ने र लोला हान्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्तासमेत रहेका प्रहरी उपरिक्षक (एसपी) सुशिलसिंह राठौरले बताए ।

यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा नौ सय १२ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराईका अनुसार एक हजार ६ सय नौ सवारी चालकलाई कारवाही गरिएको छ । चार सय दुईवटा मोटरसाइकल र १३ वटा चारपाङ्ग्रे गाडीलाई पनि नियन्त्रणमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर