होलीमा ट्राफिक चेकिङमा कडाइ, मापसेसहित उपत्यकामा साढे ४ सय सवारी कारबाहीमा (भिडियो) – Nepal Press

होलीमा ट्राफिक चेकिङमा कडाइ, मापसेसहित उपत्यकामा साढे ४ सय सवारी कारबाहीमा (भिडियो)

काठमाडौं । आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक चेकिङ बढाइएको छ ।

उपत्यका छिर्ने नाकासँगै काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य तथा भित्री सडकहरूमा चेकजाँच कडाइ गरिएको हो । यस्ता चेकिङ ९० ठाउँमा राखिएको ट्राफिक प्रहरीले बताएको छ ।

होलीको दिन सम्भावित दुर्घटनालाई ध्यान दिएर चेकिङ बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

बिहानदेखि दिउँसो १ बजेसम्म दुई र चार पाङ्ग्रे गरी १५० वटा सवारीसाधन कारबाहीमा परेका छन् । तीमध्ये १५ वटा मापसेमा परेको अधिकारीले जानकारी दिए ।

‘कागजात नबोकेका तीन सय सवारीलाई सडकमा होल्ड गरेर राखेका छौं । भरे साँझसम्म चेकिङ जारी रहन्छ’, प्रवक्ता अधिकारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर