रंग– देख्न सुन्दर, स्वास्थ्यका लागि खतरनाक – Nepal Press
होली विशेष

रंग– देख्न सुन्दर, स्वास्थ्यका लागि खतरनाक

जाडोमा हुने कम सरसफाइ र नुवाइधुवाइपछि छाला र शरीर सफा गर्न होली पर्व आउँछ । यसका धार्मिक तथा सामाजिक महत्व अनगिन्ती छन् । आयुर्वेद अनुसार होलीमा प्रयोग गरीने रंगमा सिम्रिक पर्दछ, जसमा विषाणुविरुद्ध लड्ने औषधीय गुण छ । तथापि आँखा जस्ता कोमल र संवेशनशील अंगमा भने यो रंग पार्नु हुँदैन ।

प्राचीन वा प्राकृतिक कालमा फूल र रुखबाट प्राप्त रंग प्रयोग हुँदैनथ्यो र शरीरलाई हानि गर्दैनथ्यो । हाल रसायन मिसाइएका कृत्रिम रंगको बोलवाला छ जस्ले फोक्सो, छाला, आँखा, दांत, मुख, नाक, कान, घाँटी, कपाललगायतका अंगमा हानि गर्दछ ।

होलीमा लोला प्रहारले आँखामा क्षति, दृष्टि गुम्ने, कानको पर्दा च्यातिने, संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्ने र कान तथा संवेदनशील अंगहरुमा लाग्दा घाइते, बेहोश र मृत्यृ पनि हुनसक्छ ।

मदिरा, भाङ जस्ता नशालु पदार्थ सेवनसंगै होली खेल्दा रंग आँखा,नाक, मुखहुँदै शरीरभित्र पस्नसक्छ । स्वासनली, मुटु, मिर्गौला जस्ता संवेदनशील अंगमा गएर टाँसिन्छन् । रंगलाई तेलमा मिसायर छालामा लगाउँदा झनै समस्या बढ्छ ।

धेरैजसो अजैविक सुख्खा रंग वा अबिरमा हुने कलरेन्ट र अस्वेष्टस वा सिलिका दुवै स्वास्थ्यका लागि खतरनाक हुन्छन् । अस्वेष्टसले कयान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य सर्वविदितै छ ।

रंग आँखामा पर्दा आखाँमा क्षति हुने, रातो हुने, दुख्ने, बिझाउने, चिलाउने, कम देख्ने, फुलो पर्ने तथा अन्धो हुनेसम्मका समस्याहरु देखिन्छन् । घाम लागेको बेलामा रसायन मिसिएका र अनुहारमा दल्दा छालामा दिर्घकालीन असरहरु देखिन्छन् । लोलामा मोबिल, अण्डा, इनामेल, मट्टितेल र फोहोर पानीको प्रयोग बढ्दो छ जस्ले उत्पन्न गराउने समस्या र रोग झनै अन्गीन्ती छन् ।

रंगमा माइका, अभ्रख, बालुवा, खुर्सानी तथा अखाद्य रंग र वस्तु मिसाइएको हुन्छ, जुन स्वास्थ्यका लागि खतरनाक हुन्छ । रंग धेरै दल्दा सुन्दरतामा पनि असर पर्छ । रंगमा हुने हानिकारक तत्वहरुले छाला, आँखासम्बन्धी अल्पकालीन तथा दिर्घकालीन समस्या र रोगहरु लाग्नसक्छन् । छाला शरीरको रंगकवच भएकाले बाहिरी रसायनलाई रगतमा जान रोक्छ । तसर्थ छालामा घाउ भएका मानिसले होली नखेल्दा राम्रो हुन्छ ।

कालो रंगमा मिर्गौलालाई हानि गर्ने लिड अक्साइड, हरियो रंगमा आँखालाई असर गर्ने कपर सल्फेट, बैजनीमा क्रोमियम आयोडाईड, नीलो रंगमा छालालाई असर गर्ने पर्सियन ब्लु हुन्छ । त्यस्तै सिल्भर रंगमा छालाको क्यानसर गराउने आल्मुनियम ब्रोमाइड, सुख्खा रंगले कपाल फाट्ने, एलर्जी हुने, छालामा घाउखटिरा आउने जस्ता समस्या निम्तन सक्छ ।

जोगिने कसरी ?

प्रहरीले होली पर्व मनाउने नाममा सर्वसाधारण तथा विदेशीमा जर्वजस्ती रंग तथा रसायनयुक्त पदार्थ दले, फोहोर पानी छ्यापे, अभद्र व्यवहार गरे, मादक पदार्थ सेवन गरी झगडा गरे सार्वजनिक मुद्दा चलाउने चेतावनी दिएको छ । त्यसैले होली खेल्दा सावधानी अपनाउन जरुरी छ । त्यस्तै जनस्वास्थ्यप्रति पनि सचेत हुन आवश्यक छ ।

गुणस्तर पाउडर पानीमा घोलेर होली खेल्दा स्वास्थ्यमा कम असर गर्छ । स्थायी रंगले छाला सुख्खा बनाउने भएकाले त्यस्तो रंगको प्रयोग नगरौं । गोल्डेन, सिल्भर रंग तथा सिलिका मिसाइएका रंग प्रयोग गर्न हुँदैन । जुनपायो त्यहीं रंग पानीसंग मिसाएर प्रयोग गर्नुहुँदैन । रंगलाई बढी गाढा बनाउनु हुँदैन । रंगलाई बढी गाढा बनाउने निहुँमा तेजाव, कृत्रिम रंग थप्न हुँदैन ।

रंग लगाउँदा आँखा, मुख बन्द गर्नुपर्छ । आँखामा रंग पस्दा माड्न हुँदैन । दलेको रंग नमाडी पखाल्न पर्छ ।

होली खेल्नुअघि अनुहार र हातमा मोईस्चराईजर र फाउण्डेसन लगाउनु पर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनु पर्छ । आँखा बचाउन टाईटफिट चश्मा लगाउन सकिन्छ ।

चिल्लो र म्वास्चराईजर क्रिमको प्रयोग, औषधि भएको, खस्रो,साबुन प्रयोग नगर्ने, ग्लिसिरिन भएको साबुन प्रयोग गर्नु पर्दछ । तोरी र सर्स्युँको तेलको सट्टा नरिवलको तेल प्रयोग गर्नुपर्दछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *