बाबुराम र उपेन्द्रले रेशम चौधरीलाई गलत रूपबाट मिडियामा ल्याए- महेश बस्नेत – Nepal Press

बाबुराम र उपेन्द्रले रेशम चौधरीलाई गलत रूपबाट मिडियामा ल्याए- महेश बस्नेत

कैलाली । नेकपा एमालेका नेता महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले निलम्बित सांसद रेशम चौधरी लगायतका व्यक्तिहरूलाई गलत ढङ्गले मिडिया ल्याइरहेको आरोप लगाएका छन् ।

विहीबार चौधरीलाई भेट्न बस्नेत डिल्लीबजार कारागार पुगेका थिए । उनीहरूबीच भेटवार्ता भए पनि के संवाद भएको थियो भन्ने बारे गोप्य राखिएको थियो ।

शनिवार युवा सङ्घ नेपालको कार्यक्रममा सहभागी हुन धनगढी पुगेका नेता बस्नेतले चौधरीसँगको वार्ता सकारात्मक रहेको बताए । ‘प्रधानमन्त्री प्रति निकै ठूलो आग्रहपूर्ण दृष्टि राखेर बाबुराम भट्टराई र उपेन्द्र यादवले रेशम चौधरी लगायतका व्यक्तिहरूलाई गलत ढङ्गले मिडिया ल्याइरहेका थिए’ उनले नेपाल प्रेसलाई भने, ‘सरकार र रेशम जीको बीचमा ग्याप नहोस् भनेर म गएको हुँ ।’

जसपा र एमालेबीच सत्तासमीरणको विषयमा छलफल भइरहेको बेला बस्नेत र चौधरीको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । ‘सत्तासमीरणको विषयमा पनि छलफल भइरहेको छ’ बस्नेतले भने, ‘संविधान संशोधन र रिहाइको विषयमा पनि कुराकानी भयो ।’

भेटको क्रममा बस्नेतले चौधरीको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिएको बताए ।


प्रतिक्रिया

One thought on “बाबुराम र उपेन्द्रले रेशम चौधरीलाई गलत रूपबाट मिडियामा ल्याए- महेश बस्नेत

  1. सत्ता टिकाउने स्टन्ट हो। अरु केही होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर