माओवादीको विद्यार्थी संगठन ब्युँतियो, रञ्जित नै अध्यक्ष – Nepal Press

माओवादीको विद्यार्थी संगठन ब्युँतियो, रञ्जित नै अध्यक्ष

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले माउ पार्टी ब्युँताएसँगै नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) पनि ब्युँतिएको छ ।

बिहिबार केन्द्रीय कार्यालय वागबजारमा बसेको अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकले केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको संगठनका उपाध्यक्ष दिपेश पुनले जानकारी दिए ।

पुन:स्थापित अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व रञ्जित तामाङले गर्ने छन् । अनेरास्ववियू (क्रान्तिकारी) को तत्कालीन केन्द्रीय कमिटी एक सय ५७ सदस्यीय रहेको छ ।

पदाधिकारी बैठकले चैत १४ गते काठमाडौंमा केन्द्रीय कमिटीको विस्तारित बैठक आयोजना गर्ने निर्णय समेत गरेको छ । ‘पुरानो केन्द्रीय समिति ब्युँतियो,’ पुनले नेपाल प्रेससँग भने, ‘विस्तारित बैठकमा जिल्ला अध्यक्षलाई पनि आमन्त्रित गरिएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर