एमाले प्रदेश १ संसदीय दलको बैठक जारी, माधव पक्षका सांसदहरू पनि सहभागी – Nepal Press

एमाले प्रदेश १ संसदीय दलको बैठक जारी, माधव पक्षका सांसदहरू पनि सहभागी

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक जारी छ ।

संसदीय दलका नेता मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा ३१ सांसद सहभागी छन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टंक आङबोहाङ पनि उपस्थित भएका छन् ।

संसदीय दलको बैठकमा सहभागी नहुने बताए पनि माधव नेपाल पक्षका केही सांसदहरू उपस्थित भएका छन् । तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी बैठकमा सहभागी भएर अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिने जानकारी गराएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर