जुवा खालबाट दुई जुवाडे नगदसहित पक्राउ – Nepal Press

जुवा खालबाट दुई जुवाडे नगदसहित पक्राउ

जनकपुरधाम । पर्सा प्रहरीले जुवा खालबाट दुई जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका नौ का ४० वर्षका उमेश राउत कुर्मी र ३० वर्षका लालबाबु प्रसाद रहेका छन् ।

बहुदरमाई नगरपालिका नौ बिश्रामपुरस्थित बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेका क्रममा दुबैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुवा खालबाट अन्य ६-७ जना फरार छन् ।

प्रहरीले जुवाको खालबाट २१ हजार २ सय ६० रुपैया नगद समेत बरामद भएको छ । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्दको कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर