प्रहरीको गोलीबाट घाइते दुईजनालाई काठमाडौं पठाइयो – Nepal Press

प्रहरीको गोलीबाट घाइते दुईजनालाई काठमाडौं पठाइयो

कैलाली । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि तनावग्रस्त बनेको लम्कीमा प्रहरीको गोली लागेर घाइते भएका दुई युवालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

२५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्जेललाई हेलिकप्टरबाट काठमाडौं लगिएको कैलाली प्रहरीले बताएको छ । आक्रोशित प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो ।

मंगलबार बिहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना. ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर