खरिदारको परीक्षा स्थगित – Nepal Press

खरिदारको परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले खरिदारको दोस्रो चरणको परीक्षा स्थगित गरेको छ । मंसिर २५ गते सूचना जारी गरेर दोस्रो चरणको परीक्षा तालिका सार्बजनिक गरेको आयोगले सोमबार परिक्षा स्थगित भएको जानकारी गराएको हो ।

आयोगको परीक्षा तालिका अनुसार २०७८ बैशाख ६ गते देखि बैशाख १० गतेसम्मका लागि दोस्रो चरणको परीक्षा निर्धारण गरिएको थियो । ‘राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षा कार्यक्रम र सोही पदको मिति २०७८ बैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको दोस्रो चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ ।’ आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

परीक्षा स्थगित हुनुको कारणबारे भने आयोगले उल्लेख गरेको छैन् । चैत ६ गते बसेको आयोगको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको र परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित भएकाे जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर