मौरिससस्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन – Nepal Press

मौरिससस्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थालाई मौरिससस्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न निर्देशन दिएकाे छ । राष्ट्र बैंकका बिदेशी ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडलले एक सुचना जारी गर्दै यस्ताे निर्देशन दिएका हुन् ।

बिदेशी बिनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ को प्रयोग गरी उक्त सुचना जारी गरिएको हो । नेपालका बैंक तथा वित्तीय संस्थाले उक्त रेमिटसँग उठाउनुपर्ने रकम भए तत्काल असुल उपर गर्न पनि निर्देशन जारी गरिएकाे जनाइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर