सुगम पोखरेलले ल्याए नयाँ गीत ‘तिम्रो लागि’ (भिडियो) – Nepal Press

सुगम पोखरेलले ल्याए नयाँ गीत ‘तिम्रो लागि’ (भिडियो)

काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेल एउटा नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

चलचित्रको पाश्र्व गायनमा समेत रुचाइएका यी गायक स्थापित गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरुको गीत ‘तिम्रो लागि‘’ मार्फत स्रोतामाझ आएका हुन् ।

अमेरिकामा बसोबास गरिरहेका गीतकार वशिष्टले पनि यसपटक फरक शैलीको गीतका लागि शब्दहरु रचना गरेका छन् । यो गीतलाई लोकप्रिय संगीतकार कल्याण सिंहले संगीतबद्ध गरेका छन् ।

संगीतकार सिंहको संगीत सिर्जनामा पनि नयाँपन सुन्न पाइएको छ । रिदम कँडेल यो गीतका संगीत संयोजक हुन् भने प्रदीप जोशी यो गीतका साउण्ड इन्जिनियर हुन् ।

गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ ।गम्भिर विष्टको अवधारणा तथा पटकथामा तयार भएको यो भिडियोमा गम्भिर विष्ट तथा गीता ढुंगाना फिचर्ड छन् ।

नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सहनिर्देशन छ भने नबिन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ ।

गम्भिर विष्टले यो भिडियोलाई निर्देशन गरेका हुन् । यो भिडियो एमबि क्रिएसनको यूट्युब च्यानलमा अपलोड गरिएको छ । हेर्नूस गीत :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *