धौलागिरी आरोहणका लागि शेर्पालाई प्रधानमन्त्रीको शुभकामना – Nepal Press

धौलागिरी आरोहणका लागि शेर्पालाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी हिमाल आरोहण गर्न जान लागेकी आरोही माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार झण्डा हस्तान्तरण गर्दै उनले सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना पनि दिए । यसका साथै आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव समेत दिए ।

सन् २००३ देखि हिमाल आरोहण सुरु गरेकी शेर्पाले विश्वका आठहजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छिन् । यसमध्ये पाँच हिमालको आरोहण गरिसकेकी छिन् । शेर्पाले यसअघि तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर