क्यान्सरपीडित बालकको उपचारका लागि सहयोग माग – Nepal Press

क्यान्सरपीडित बालकको उपचारका लागि सहयोग माग

काठमाडौं । लामो समयदेखि क्यान्सरपीडित रोल्पा गंगादेव गाउँपालिका-२ का १६ वर्षीय बालक नारायण भण्डारीको उपचार सहयोगको लागि अभियान शुरू गरिएको छ ।

ब्रेन ट्यूमर समस्या देखिएका ती बालकको गत मंसिरदेखि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएकाले जीवन बचाउन गार्‍हो भएको भन्दै ‘भण्डारी बचाउन अभियान शुरू गरिएको हो ।

सहयोग गर्न चाहनेले बालकृष्ण वली (ग्लोबल आईएमई बैंक-५७०७०१०००८७०७) को खाता नम्बरमा रकम जम्मा गर्न र थप बुझ्नका लागि विमलराज डाँगीलाई ९८५७८५७०४४ मा सम्पर्क गर्न सकिने परिवारका सदस्यले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर