स्थानीय तहका कर्मचारीलाई तत्काल सिटरोल भर्न सरकारको आग्रह – Nepal Press

स्थानीय तहका कर्मचारीलाई तत्काल सिटरोल भर्न सरकारको आग्रह

काठमाडौँ । सरकारले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीलाई तत्काल वैयक्तिक विवरण  फाराम (सिटरोल) भर्न आग्रह गरेको छ । राष्ट्रिय किताबखानाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५-०७६ पछि स्थानीय तहको रिक्त दरबन्दीमा लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीलाई तत्काल सिटरोल भरी पेस गर्न आग्रह गरेको हो ।

यसअघि संघमा कार्यरत रही कर्मचारी सङ्केत नम्बर प्राप्त गरी सकेका र अहिले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीमध्ये कतिपय कर्मचारीले अहिलेसम्म पनि सिटरोल भरी राष्ट्रिय किताबखानामा पेस नगरेको राष्ट्रिय किताबखनाका महानिर्देशक नेत्र प्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए । सिटरोल भर्न बाँकी कर्मचारीलाई पाँचप्रति सिटरोलसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजात संलग्न गरी पेस गर्न भनिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर