सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पौड्यालको सम्भावना बढी – Nepal Press

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पौड्यालको सम्भावना बढी

काठमाडौं । एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले एक जना सचिव बढुवाका लागि सहसचिव डा. मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

बढुवाका लागि सिफरिस भएका सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा, रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र पाण्डे उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमामा कार्यरत छन् । तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ। यसपटक पौड्याल सिफारिस हुने अनुमान गरिएको छ ।

पौड्याल यसअघि दुइ पटक बढुवाका लागि सिफारिस भइसकेका छन् । यस अघि बढुवा भएर प्रदेश १ को प्रमुख सचिवको जिम्मेवारीमा रहेका सुमन अर्याल र लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका भरतमणी सुवेदीको बढुवा सिफारिस हुदाँ पौड्याल सिफारिस भएका थिए । चैत दुइ गते गण्डकी प्रदेश प्रमुख सचिवबाट बिष्णु प्रसाद नेपालले अवकाश पाएपछि एक सचिवको पद रिक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर