बर्दियामा मानिस आक्रमण गर्ने बाघ नियन्त्रणमा – Nepal Press

बर्दियामा मानिस आक्रमण गर्ने बाघ नियन्त्रणमा

बर्दिया । मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गरी आतंकित पार्ने बाघलाई समातिएको छ । आज साँझ साढे ५ बजे गेरुवा गाउँपालिका-४ ड्याङपुरस्थित ड्वाङपुर नर्सरीको जंगलबाट एक पाटे बाघ नियन्त्रणमा लिइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी र दक्षिण क्षेत्रमा पछिल्लो ६ महिनामा बाघको आक्रमणबाट ९ जना स्थानीयबासिन्दाको मृत्यु भइसकेको छ । बर्दियामा तीन हात्तीसहित खटिएको प्रहरी र आर्मीकी संयुक्त टोलीले बाघ नियन्त्रणमा लिएको बर्दियाका प्रहरी प्रमुख, एसपी ईश्वर कार्कीले नेपाल प्रेसलाई बताए ।
‘बाघ बूढो रहेछ । नङ्ग्रा खिइसकेको र दाँत पनि झरेको पाइयो । जंगलमा शिकार गर्न नसक्ने भएकाले मानवबस्तीतिर मानिस र घरपालुवा जनावरमाथि सहज शिकार गरेको विज्ञको अनुसन्धान छ’, उनले भने । एसपी कार्कीका अनुसार बाघ नियन्त्रणमा लिन क्यामेरा जडान गरी केही दिनदेखि ट्रयाकिङ गरिएको थियो । उक्त बाघलाई गाडीमा हालेर ठाकुरद्वारातर्फ पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *