संसदमा कांग्रेसले दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव – Nepal Press

संसदमा कांग्रेसले दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कोरोनाका कारण मृत्यु भएका व्यक्तिका परिवार र रोजगारी गुमाएकाहरूले सरकारबाट पाएको सहयोगबारे छलफल गर्न संसद सचिवालयमा कांग्रेस सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

सांसद डिला संग्रौला प्रस्तावक तथा सांसदहरु देवप्रसाद तिमिल्सिना र रंगमती शाही समर्थक रहेर प्रस्ताव दर्ता भएको हो ।

प्रस्तावमा कोरोनाका कारण वैदेशिक रोजगारीमा परेको असर, बेरोजगार समस्या समाधानलगायतका विषयमा छलफल गर्न माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर