माओवादी संसदीय दलको नेतामा प्रचण्ड नै – Nepal Press

माओवादी संसदीय दलको नेतामा प्रचण्ड नै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई नै यथावत राख्ने निर्णय गरेको छ । पार्टीको आज सम्पन्न संसदीय दलको वैठकले सो निर्णय लिएको हो ।

माओवादीका नेता तथा सांसद वर्षामान पुनले वैठकपछि जानकारी दिएअनुसार राष्ट्रियसभाको दलको नेतामा दिनानाथ शर्मा तोकिएका छन् । यस्तै दलको प्रमुख सचेतकमा पनि देवप्रसाद गुरुङ रहनेछन् ।

सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक संसदीय दलको वैठक बसेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर