वर्षमानको दाबी- कांग्रेस र जसपासहितको सत्ता समीकरणले ५ गतेपछि मूर्त रूप पाउँछ (भिडियो) – Nepal Press

वर्षमानको दाबी- कांग्रेस र जसपासहितको सत्ता समीकरणले ५ गतेपछि मूर्त रूप पाउँछ (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रूप पाउँने बताएका छन् ।

मंगलबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, माओवादी र जसपाबीचको सत्ता समीकरणले मूर्त रूप पाउने दाबी गरेका हुन् ।

उनले भने, ‘५ गते जसपाको बैठक छ । उहाँहरुको त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रूप पाउँछ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ । किनभने हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो । यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आन्दोलन गरेको सन्दर्भमा र संसद पुन:स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको उनको टिप्पणी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर