मंगलबार सुनको भाउ स्थिर, चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि – Nepal Press

मंगलबार सुनको भाउ स्थिर, चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि

काठमाडौं  ।  मंगलबार सुनको भाउ स्थिर रहेको छ । आइतबार सुन तोलामा चार सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आज छापावाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर