विभेदविरुद्धको सन्देश दिन समता भोज, मन्त्रीदेखि सर्वसाधारण सहभागी – Nepal Press

विभेदविरुद्धको सन्देश दिन समता भोज, मन्त्रीदेखि सर्वसाधारण सहभागी

रुपन्देही । जातीय विभेद अन्त्यको सन्देश दिन बुटवलमा समताभोजको आयोजना गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघको अधिवेशनमा नवनिर्वाचित कार्यसमिति तथा देशभरका प्रतिनिधि तथा बुटवलमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकाय का प्रमुखलगायत यो भोजमा सहभागी थिए ।

मानवअधिकार तथा शान्ति समाज नेपाल केन्द्रीय समितिले भोजको समन्वय गरेको थियो । समता भोज कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावारण मन्त्री लिला गिरीले जातीय भेदभाव, छुवाछुत सामाजिक कूरिती भएको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए ।

उनले २१ औं शताब्दीमा छुवाछुतका कुराहरु एक देशका कथा जस्तै भएको भन्दै सबैको साझा प्रयासबाट मात्रै जातिय छुवाछुत, भेदभावको अन्त्य हुने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले संविधानमा नेपाल छुवाछुत मुक्त देश भएको भन्दै विभेद अन्त्यका लागि सबैको साझा पहल आवश्यक रहेको बताए ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले समाजमा सबै जातजाती एक भएको भन्दै कोही तल र माथि नहुने बताए ।

दलित पत्रकार संघका नवनिर्वाचित अध्यक्ष विनोद पहाडीले सबैको समन्वयमा जातीय विभेदको अन्त्य गर्न सकिने बताए । वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं  एसपी प्रविण पोखरेल, समाजका केन्द्रीय सचिव मीना ढकाल, कांग्रेस नेता हरि बहादुर आचार्य, माओवादी केन्द्रका राम प्रसाद बन्जाडे, शान्ति समाज रुपन्देहीका सभापति धनपती खनाल, पूर्व सभापति लालहरी पाण्डेलगायतले विभेदविरूद्व आ-आफ्नो प्रतिवद्धता राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर