पेन्सन लिन हिँडेका वृद्ध मृत भेटिए – Nepal Press

पेन्सन लिन हिँडेका वृद्ध मृत भेटिए

ओखलढुङ्गा । ओखलढुङ्गा, मोलुङ गाउँपालिका- ५का एक वृद्ध मृत फेला परेका छन् ।

६६ वर्षीय शंकर तामाङ सोही ठाउँस्थित पाखाबारी गोरेटो बाटो नजिक शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

उनी फागुन १६ गते घरबाट पेन्सन लिन हिँडेका थिए । तर घर नफर्केपछि खोजी गर्ने क्रममा उक्त बाटोबाट करिब ३० मिटर तल लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर