गागलफेदी यातायातको गाडीमा अब क्यूआर कोडबाट भाडा भुक्तानी – Nepal Press

गागलफेदी यातायातको गाडीमा अब क्यूआर कोडबाट भाडा भुक्तानी

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरूमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी शुरू गरेको छ ।

मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच एक समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुरूआत गरिएको हो ।

कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए ।

गागलफेदी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन केसी (खड्का) ले क्यूआर कोड सुविधाले यातायात सञ्‍चालक तथा यात्रुहरू दुवैलाई सहज हुने बताए ।

गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर