देउवा भेट्न जसपाका नेताहरू बूढानीलकण्ठमा – Nepal Press

देउवा भेट्न जसपाका नेताहरू बूढानीलकण्ठमा

काठमाडौं । सम्भावित सत्ता समीकरणबारे जनता समाजवादी र नेपाली कांग्रेसका शीर्ष नेतृत्वबीच वार्ता शुरू भएको छ ।

वार्ताका लागि जनता समाजवादी पार्टीका नेता सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवास पुगेका छन् ।

देउवा भेट्न जसपा नेताहरू बाबुराम भट्टराई , उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर पुगेका छन् । बाबुराम र उपेन्द्र एउटै गाडी चढेर पुगेका थिए ।

जसपाले सत्ता सहकार्यका लागि सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता , संविधान संशोधनलगायतका एजेण्डालाई शर्त बनाएको छ ।

जसपाका नेताहरूले हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । हिजो प्रधानमन्त्रीसँगको वार्तामा भने बाबुराम भट्टराई सहभागी थिएनन् ।

कांग्रेसले भने सम्भावित समीकरणबारे आफ्नो धारणा खुलाइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर