दलित पत्रकार संघको अधिवेशन उदघाटन गर्न प्रचण्ड बुटवल आउँदै – Nepal Press

दलित पत्रकार संघको अधिवेशन उदघाटन गर्न प्रचण्ड बुटवल आउँदै

रुपन्देही । आजदेखि शुरु हुने राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आउँदैछन् ।

आजदेखि तीन दिनसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । भेलामा सहभागी हुन बुटवलमा देशभरका ४ सय प्रतिनिधि पत्रकार भेला भइसकेका छन् ।

प्रचण्डको साथै नेपाली कांग्रेसका संसदीय दलका नेता बालकृष्ण खाँण, प्रतिनिसधा सदस्य छबिलाल विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, जसपा केन्द्रीय सदस्य दुर्गा सोब, पूर्वसांसद डिलाराम आचार्य, पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस युनियन सभापति बद्रि सिग्देललगायतको सहभागिता रहने छ ।

शुक्रबार बिहान साँस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए । बुटवल ऐतिहासिक ठाउँ भएकाले यहाँ हुने कार्यक्रमले विभेद विरुद्ध राष्ट्रियस्तरमा सन्देश दिने अध्यक्ष पहाडीले बताए ।

महाधिवेशनमा टीआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डिवी परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने अध्यक्ष पहाडीले बताए । यसका साथै संघले दलित समुदायका सञ्चारकर्मीहरुका लागि लेखनवृत्तिसमेत प्रदान गरिने छ ।

आमसञ्चार समापनका अवसरमा चैत १ मानवअधिकार तथा शान्ति समाजको संयोजन तथा बुटवलबाट प्रकाशन तथा प्रशारण भइरहेका सञ्चार गृहहरुको आयोजनामा देशभरका दलित समुदायका सञ्चारकर्मीहरुको सम्मानमा समता भोजको आयोजना केन्द्रीय सदस्य विनोद परियारले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर