नेपाल समूहको स्थायी कमिटीमा पनि उस्तै मत– वामपन्थी एकतालाई कायम गरेर जानुपर्छ – Nepal Press

नेपाल समूहको स्थायी कमिटीमा पनि उस्तै मत– वामपन्थी एकतालाई कायम गरेर जानुपर्छ

काठमाडौं। नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी बैठकमा वामपन्थी एकतालाई जोगाएर जानुपर्ने विषयमा छलफल भएको छ। बिहीबार बसेको नेपालपक्षीय स्थायी कमिटीको भेलामा अधिकांश सदस्यले बामपन्थी एकताकै पक्षमा जोड दिएका हुन्।

‘पार्टीमा जे जस्तो गतिविधि भइरहेको छ, त्यो बन्द गरेर जानुपर्‍यो र बामपन्थी एकतालाई कायम गरेर जानुपर्छ भन्ने कुरामा छलफल भयो,’ स्थायी कमिटी सदस्य भीम आचार्यले भने, ‘धेरैको जोड अझै पनि वामपन्थी एकता जोगाउनुपर्छ भन्नेमा छ।’

केन्द्रीय सदस्यहरुको बुधबारको भेलामा पनि अधिकांशले वामपन्थीहरुबीचको एकता कायम गर्नुपर्ने र सरकार पनि वामपन्थीकै बनाउनुपर्नेमा जोड दिएका थिए।

तत्काल पार्टी एकता होला सम्भव नभए पनि नेपालभरिका वामपन्थीहरुबीचको एकतालाई कायम राख्दै सरकार पनि वामपन्थीकै बनाउनुपर्ने सुझाव उनीहरुको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर