खड्काको सहयोगार्थ उठ्यो २६ हजार डलर, ६ वर्षे छोरालाई पठाइदिने, प्रहरीले थाल्यो छानविन – Nepal Press

खड्काको सहयोगार्थ उठ्यो २६ हजार डलर, ६ वर्षे छोरालाई पठाइदिने, प्रहरीले थाल्यो छानविन

काठमाडौं- अमेरिकी सहर सनफ्रान्सिस्कोमा दुव्र्यवहारमा परेका नेपाली उबर चालक शुभाकर खड्काको सहयोगार्थ क्राउड फन्डिङ सुरु भएको छ । गोफन्डमी डट ओआरजीमा बुधबार (१ बजेसम्म) २६ हजार डलर रकम संकलन भैसकेको छ ।

उक्त वेबसाइटका अनुसार १ हजारभन्दा बढी सहयोगी मनले रकम पठाइसकेका छन् । सियान बनिस्टर नामक एक प्रयोगकर्ताले खड्काको तर्फबाट संकलन थालेका हुन् ।

सन् २०१२ मा अमेरिका पुगेका खड्काले उबर चालकको रुपमा काम गर्दै आएका थिए । चारदिनअघि तीन आप्रवासी युवती उनको कारमा चढ्न आइपुगेका थिए र उबरको प्रोटोकल अनुसार खड्काले मास्क लगाउन ती युवतीलाई आग्रह गरेका थिए ।

तर, खड्काको अनुरोधलाई बेवास्ता गर्दै एक युवती आक्रमणमा उत्रिएकी थिइन् र भिडियो भाइरल बनेको थियो । अमेरिकी संचारमाध्यम एबीसी सेभेनसँग कुरा गदै खड्काले नम्रताका साथ आग्रह गर्नु नेपाली संस्कृति भएको र आफूले त्यसलाई पछ्याएको उनले बताए ।

खड्कालाई काममा फर्काउनको लागि सहयोग गर्न रकम संकलन थालिएको जनाइएको छ । तर, खड्काले चाहिँ संकलित रकमलाई नेपालमा रहेकी आफ्नी पत्नी र ८ वर्षिय छोरालाई पठाइदिने बताएका छन् ।

उक्त घटनाको व्यापक विरोध भएपछि उबर र लिफ्टले ती युवतीलाई सेवा लिनको लागि प्रतिबन्ध लगाइसकेका छन् । सनफ्रान्सिस्को प्रहरीले घटनाको छानविन गर्ने जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *