पुलिसविरुद्ध टस जितेर फिल्डिङ गर्दै मेयर-११ – Nepal Press

पुलिसविरुद्ध टस जितेर फिल्डिङ गर्दै मेयर-११

काठमाडौं । राजधानीमा जारी काठमाडौं मेयर कपमा मेयर ११ का कप्तान सन्दीप लामिछानेले नेपाल पुलिस क्बलविरुद्ध टस जितेर फिल्डिङ रोजेका छन् ।

त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा काठमाडौं ११ दोस्रो जित हासिल गर्न चाहन्‍छ । पहिलो खेलमा वाग्मती प्रदेशलाई ९४ रनले पराजित गरेको मेयर ११ दोस्रो खेलमा त्रिभुवन आर्मी क्बलसँग ५ विकेटले पराजित भएको थियो ।

अर्कातिर पुलिस आजको खेलमा जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । पहिलो खेलमा वाग्मतीलाई २ रनले पराजित गरेको पुलिसले दोस्रो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको पुलिस आजको खेलमा जित हासिल गरे प्रतियोगिताको फाइनलमा पुग्ने छ । राउन्ड रोबिन पद्धतिमा जारी खेलको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

३ खेलमा दुई जित निकालेको पुलिस ४ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट समान नतिजा निकालेको एपीएफ दोस्रो र २ अंक जोडेको काठमाडौं मेयर ११ तेस्रो स्थानमा छ ।

३ खेलमा एक जित र २ हार बेहोरेको आर्मी चौथो र समान नतिजा निकालेको वाग्मती पाँचौं स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर