सिमेन्ट बाेकेर आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुईको मृत्यु – Nepal Press

सिमेन्ट बाेकेर आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुईको मृत्यु

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं तर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हाे ।

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर