मेयर कपमा पुलिसको दोस्रो जित  – Nepal Press

मेयर कपमा पुलिसको दोस्रो जित 

काठमाडौं । मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेसँगै काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको त्रिभुवन आर्मी क्लबे ३०.२ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल तयार गरेको थियो ।

८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि सुनिल धमलाले ४८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै, दिलिप नाथ १५ रन बनाएर पेभेलियन फर्किँदा पवन सर्राफ २२ तथा सागर ढकाल शून्यमा अविजित रहे ।

आर्मीका लागि साहब आलमले ९ ओभरमा ४५ रन खर्चेर १ मेडनसहित ७ विकेट लिए ।

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको आर्मीका लागि लोकेश बमले २४ बलमा सर्वाधिक ३२ रनको योगदान गरेका थिए । पुलिसका लागि सागर ढकालले १० ओभरमा ४० रन खर्चेर २ मेडनसहित ५ विकेट लिएका थिए ।

पहिलो खेलमा वाग्मतीलाई २ रनले पराजित गरेको पुलिस दोस्रो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा एपीएफसँग पराजित भएको आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर ११ लाई पराजित गरेको थियो । कूल पाँच टोली सहभागी भएको प्रतियोगिताको पहिलो चरणको समाप्तिसँगै शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *