सिरी एको शीर्ष स्थानमा इन्टरलाई ६ अंकको अग्रता – Nepal Press

सिरी एको शीर्ष स्थानमा इन्टरलाई ६ अंकको अग्रता

एजेन्सी । एटालान्टामाथि १–० को जितका साथ इन्टर मिलान इटलियन सिरी ए फुटबलको शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गरेको छ ।

दोस्रो हाफ सुरु भएको नवौं मिनेटमा मिलान स्क्रिनायरले कर्नरबाट पाएको बल सदुपयोग गरी गरेको गोल नै इन्टरको जितमा निर्णायक बन्यो ।

उनीहरुलाई खेलको अन्त्यतिर निकै नै रक्षात्मक बन्नुपरेको थियो, तर ३ अंक जोड्न सफल भए । यो जितले दोस्रो स्थानको एसी मिलानभन्दा ६ अंकले अगाडि पु¥याएको छ । दुवैले समान २६ खेल खेल्दा इन्टरको ६२ र एसी मिलानको ५६ अंक छ ।

एन्टोनियो कोन्टे प्रशिक्षित इन्टरले लगातार ७ लिग खेलमा अंक गुमाएको छ । यो टोली सन् २०१० यता पहिलोपल्ट लिग उपाधि जित्ने लक्ष्यमा छ ।

पराजित भएपछि एटालान्टाले पनि आफ्नो जितयात्रामा पूर्णविराम लगाएको छ । उसले लगातार चार खेल जितेको थियो । यो हारले एटालान्टा पाँचौं स्थानमा पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर