मेयर ११ ले आर्मीलाई दियो १५६ को लक्ष्य – Nepal Press

मेयर ११ ले आर्मीलाई दियो १५६ को लक्ष्य

काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं मेयर ११ ले काठमाडौं मेयर कप २०७७ मा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १५६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाएर १५५ रनको योगफल तयार गर्‍यो । मेयर ११ का लागि सौरभ खनालले ७४ बलमा सर्वाधिक ४२ तथा सन्दीप रजालीले ६३ बलमा ३७ रनको योगदान गरे । त्यस्तै, खडक बोहराले १९, हरिशंकर साहले १८ तथा कप्तान सन्दीपले १३ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

आर्मीका लागि किफायती बलिङ गरेका साहब आलमा १० ओभरमा ३९ रन खर्चिएर १ मेडनसहित ४ विकेट लिए । जितेन्द्र मुखियाले १० ओभरमा ३८ रन खर्चेर ३ मेडनसहित ३ विकेट लिए ।

पहिलो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको आर्मी पहिलो जितको खोजीमा छ भने आइतबार वाग्मती प्रदेशलाई ९४ रनले पराजित गरेको मेयर ११ लगातार दोस्रो जितको खोजीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *