विश्वको पहिलो १८ जिबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक – Nepal Press

विश्वको पहिलो १८ जिबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक

काठमाडौं । नुबियाले टेन्सेन्ट गेम्ससँग मिलेर विश्वकै पहिलो १८ जिबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको रेडम्यागिक ६ प्रो विश्वकै पहिलो १८ जिबी र्‍याम राखिएको स्मार्टफोन बनेको छ ।

नुबियाले टेन्सेन्ट गेम्सको साझेदारीमा गेमिङ स्मार्टफोन्स रेड म्यागिक ६ र रेड म्यागिक ६ प्रो टेन्सेन्ट एडिसन चीनमा लञ्च गरिएको हो ।

तर, दुवै स्मार्टफोन्समा १६५हर्ट्ज डिस्प्ले, क्वालकम स्नापड्रागन ८८८ प्रोसेसर र १२० वाटसम्मको फास्ट चार्जिङ लगायतका सुविधा दिएको छ ।

रेड म्यागिक ६को सुरुआती मुल्य करिब ४२ हजार ७०० सय रूपैयाँ भारतीय रूपैयाँ र रेडम्यागिक ६ प्रोको सुरुआती मुल्य ४९ हजार ५६८ सय राखिएको छ । दुवै स्मार्टफोन्समा नभएर प्रो मोडेलमा मात्रै १८ जिबी र्‍याम दिइएको छ ।

रेड म्यागिक प्रोको १८ जिबी र्‍याम र ५१२ जिबी भेरियन्टको मूल्य ७४ हजार २०० भारतीय रूपैयाँ राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर