ढुंगामुढा गर्नेप्रति लक्षित गर्दै अर्थमन्त्रीले भने- विकास रोक्न खोज्नेलाई जनताले जवाफ दिन्छन् – Nepal Press

ढुंगामुढा गर्नेप्रति लक्षित गर्दै अर्थमन्त्रीले भने- विकास रोक्न खोज्नेलाई जनताले जवाफ दिन्छन्

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा स्थानीयले गरेको अवरोधको खेद व्यक्त गरेका छन् ।

मोतिपुरको कार्यक्रम सकिएपछि लुम्बिनी प्रदेशको उद्योग,पर्यटन मन्त्रालयमा अर्थमन्त्री तथा वाणिज्य मन्त्रीले पत्रकार सम्लेलन गरि विकास रोक्न खोज्नेहरू पराजित हुने बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले विकास रोक्नखोज्ने पर्दा पछाडिका मान्छेलाई जनताले जवाफ दिने र मोतिपुरको काम नरोकिने बताएका छन् ।

मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा असन्तुष्ट स्थानीयले अवरोध गर्दा तनाव उत्पन्न भएको थियाे।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले बोल्दै गर्दा ढुंगामुढा गर्नुका साथै सभास्थल वरपर आगजनी गरिएको थियो । ओद्योगिक शिलान्यास भएपनि स्थानीयले घेराउ गरेका थिए।

मन्त्री लेखराज भट्टको मन्तव्य सकिएपछि अर्थमन्त्री पौडेल बोल्दै गर्दा स्थिति तनावग्रस्त बनेको थियो ।

प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो। सो क्रममा २ सुरक्षाकर्मी र ६ स्थानीय घाइते भएका छन् ।

आफूले जोतभोग गरेको जग्गा मोतीपुर औद्योगिक क्षेत्रको नाममा गएको भन्दै स्थानीयले विरोध गरिरहेका थिए । शिलान्यास रोक्न माग गरेपनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वनिर्धारित शिलान्यास कार्यक्रम नरोक्ने जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर