बाख्रा चराएर फर्कदै गरेकी बालिकाको ढुङ्गाले लागेर मृत्यु

२०७७ फागुन १९ गते १२:०८

सांकेतिक तस्बिर ।
डोटी । डोटीमा भिरमाथिबाट खसेको ढुङ्गा लागेर मङ्गलवार एक बालिकाको मृत्यु भएको छ ।
ढुङ्गा लागेर जिल्लाको सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया समीक्षा पुजाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
जङ्गलबाट बाख्रा चराएर घर आउनेक्रममा उनको टाउकामा ढुङ्गा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर