राष्ट्रिय प्रजातन्त्र पार्टीको बाँकी रहेका जिल्लाको समायोजन एक साताभित्र गरिसक्नुपर्ने – Nepal Press

राष्ट्रिय प्रजातन्त्र पार्टीको बाँकी रहेका जिल्लाको समायोजन एक साताभित्र गरिसक्नुपर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकी रहेका जिल्लाको समायोजन एक साताभित्र गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बाँकी रहेका जिल्लाको ७ दिन भित्र समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान र भास्कर भद्रा रहेको ४ सदस्यीय समिति पनि गठन गरेको छ ।

पार्टीको आगामी २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गरि ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पनि बैठकले पारित गरेको एक विज्ञप्तीमार्फत जनाएको छ ।

बैठकले जिल्ला निर्वाचन समितिको गठन अबको एक साता भित्र अर्थात फागुन २५ भित्र गरिसक्ने, सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ सम्म म्याद थप गर्ने, वडादेखि जिल्ला तहसम्मका कार्य समितिको गठन चैत मसान्त सम्ममा गरिसक्ने र महाधिवेशन प्रतिनिधिको निर्वाचन २०७८ बैशाख १० गते भित्र सम्पन्न निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर