पत्रकार महासंघको प्रदेश समिति अधिवेशन सम्पन्न – Nepal Press

पत्रकार महासंघको प्रदेश समिति अधिवेशन सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको सम्पन्न प्रथम अधिवेशनले १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

काठमाडौंमा शुक्रबार भएको अधिवेशनले कोरोना महामारीको बहाना बनाएर सञ्चार माध्यममा सञ्चारकर्मीलाई अनावश्यक दुःख दिने, काम छाड्न बाध्य बनाउने र समयमा तलबसुविधा नदिने कार्यतुरुन्त बन्द सरोकार पक्षलाई आह्वान गरेको छ ।

यस्तै पत्रकारले न्यूनतम पारिश्रमिक नपाएको बहानामा सूचना विभागले दिन प्रेस पास बन्द गरेकोमा आपत्ति जनाएको छ ।

‘त्यसलाई सहज बनाएर सञ्चार गृहले पाउने सेवासुविधा रोक्न सरकारसँग माग गर्दछ,’ विशेष प्रस्तावमा भनिएको छ ।

प्रतिष्ठान प्रदेश अन्र्तगतका पत्रकार महासंघका सबै सदस्यहरूको अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था मिलाउन तथा गम्भीर र जटिल रोगको उपचारका लागि केन्द्रीय समितिसँग आवश्यक पहल लिने प्रस्ताव  पारित भएको छ ।

यस्तै महासचिव बालकृष्ण अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सरोज कोइरालाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको  पनि हाे ।

मुलुक प्रादेशिक संरचनामा गएसँगै महासंघले पनि तीन वर्षअघि प्रादेशिक समितिहरु गठन गरेको थियो ।

अधिवेशनमा महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, टिकाराम प्रधान लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर